site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभिव्यक्ति स्वतन्त्रता कानुनी दायराभित्र रहनुपर्छ : मुख्यमन्त्री कार्की

काठमाडौं । कोसी  प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना प्रवाह र व्यक्तिगत चरित्रहत्या नियन्त्रण गर्न संघीय सरकारलाई चाँडै कानुन ल्याउन आग्रह गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिववसका अवसरमा शनिबार (वैशाख २०) विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको प्रयोग संविधान र कानुनको दायराभित्र रहनुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जालमा भइरहेको चरित्रहत्या र दोषारोपणले सामाजिक सद्भाव र सहिष्णुता खलबलिएको हुनाले यससम्बन्धी कानुन अत्यावश्यक रहेको धारणा राखे ।

नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा एक लाख रुपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरियो । २५ हजार रुपैयाँ राशिको प्रोत्साहन पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरियो ।

कार्यक्रममा ६० वर्ष नाघेका वरिष्ठ पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको थियो । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro