site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत फागुनसम्म नौ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

साढे ४६ अर्ब रुपैयाँ नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा–नोक्सान गणना गर्दा हालसम्म पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको शाक्यले बताए ।

महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका बुँदामध्ये प्राधिकरणले सात अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको र चार अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखांकन गरेको दाबी शाक्यको छ । यसबीचमा २९.९१ करोड रुपैयाँ आम्दानी नाघेको देखिएको उनले बताए ।

समग्रमा आर्थिक वर्ष २०८०/०८१ मा देखाएको नाफा–नोक्सान हिसाबमा थप समायोजन गरी नाफा–नोक्सान कायम गर्नुपर्ने देखिने उनको भनाइ छ । यसमा सम्भावित दायित्ववापतसमेत हुन आउने नोक्सानी संलग्न छैन । यसैगरी, प्राधिकरणसँग नगद प्रवाह कमी भएपछि अहिले थप १० अर्ब रुपैयाँ ऋण लिन लागेको उनले बताए । 

"यसरी महालेखाको प्रतिवेदनमा औँल्याइएको कैफियत र प्राधिकरणले तयार गरेको वासलात तथा नाफा–नोक्सान विवरण आदिमा मूलभूतरूपमा फरक पर्न गएकाले संस्थाको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने र प्रस्तुत तथ्यांकको विश्वसनियता कायम गर्ने हेतुले प्राधिकरणको वित्तीय, प्राविधिक तथा तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकनलगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि सम्पत्ति तथा दायित्व मूल्यांकनको प्रक्रिया अगाडि बढाइनेछ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro