site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई ‘मोस्ट प्रमिसिङ पार्टनर’को उपाधि

काठमाडौं । चीनको यिबिन सहरमा सम्पन्न काईई अटो ग्लोबल व्यापार सम्मेलन २०२५ मा नेपालका लागि काईई मोटर्सका आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रा.लि. र जीओ अटोमोबाइल्स प्रालिलाई संयुक्त रूपमा ‘मोस्ट प्रमिसिङ पार्टनर’ को उपाधिले सम्मान गरिएको हो ।

विश्वभरका ५० क्षेत्रीय वितरकमध्ये नेपालका यी दुई कम्पनीलाई उत्कृष्ट सम्भावना बोकेको साझेदारका रूपमा चिनिएको कम्पनीको दाबी छ । नेपाली बजारमा कम्पनीको प्रभावशाली उपस्थिति र उल्लेखनीय प्रगतिको मूल्यांकन गर्दै आयोजकहरूले यो सम्मान प्रदान गरेको जनाएका छन्  । उक्त सम्मेलन अन्तर्राष्ट्रिय सहकार्य, अनुभव आदान–प्रदान, रणनीतिक छलफल र साझेदारी सुदृढीकरणको उद्देश्यले आयोजना गरिएको थियो ।

कम्पनीका अनुसार अब काईई नेपालले नेपाली ग्राहकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नयाँ मोडेलका सवारीसाधनहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सवारीहरूमा उन्नत प्रविधि, बलियो र मूल्यमा उत्कृष्ट सन्तुलन हुने जनाइएको छ ।

यस उपाधिले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई नेपालभर नवीन र भरपर्दो विद्युत् सवारी समाधानहरू प्रदान गर्ने प्रेरणा थप बलियो बनाएको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro