site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नो पद र संसद्को गरिमामा ध्यान राख्न राप्रपा अध्यक्षलाई कांग्रेसको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले वैशाख १२ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं राजेन्द्र लिङदेनले संसद्मा भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै भर्त्सना गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एक वक्तव्यमार्फत लिङदेनको अभिव्यक्तिको खण्डन गरेको हो । 

अध्यक्ष लिङदेनले संसद्मा आफ्नो मन्तव्यका क्रममा गत चैत १५ गते भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा नेपाली कांग्रेसका एकजना सह–महामन्त्रीका छोरा समेत संलग्न रहेको दाबी गरेका थिए । 

उनलाई प्रहरीले समातेको तर गृहमन्त्रीको आदेशले उनको रिहाई गरिएको लिङदेनको दाबी थियो । कांग्रेसले लिङदेनको उक्त भनाइ भ्रमपूर्ण रहेकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वक्तव्यमा भनिएको छ, “अध्यक्ष लिङदेनले लक्षित गर्नुभएको व्यक्ति एक जिम्मेवार नेपाली हुन् र उनी सो दिन नेपालमा समेत नरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने उद्देश्यले सो अवाञ्छित कार्यको दोष एकजना जिम्मेवार र सभ्य नागरिक माथि लगाउनु अत्यन्तै निन्दनीय कार्य भएकोले उक्त अभिव्यक्तिको नेपाली कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ ।” 

कांग्रेसले आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउनतर्फ विशेष ध्यान दिन राप्रपालाई आग्रह गरेको छ । “राजनीतिक अभीष्ट पूरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र सम्मानित संसद समेतको गरिमालाई ध्यानमा राख्न आग्रह गर्दै यस्ता कपोलकल्पित र भ्रामक कुराहरुबाट सचेत रहन समेत सबैलाई आग्रह गर्दछौँ,” केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जारी गरेको वक्तव्यमा जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro