
काठमाडौं । चलचित्र ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको निर्माणपक्षले जनाएको छ ।
सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर सिनेमा बनेको निर्माणपक्षको दाबी छ । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईले लेखेको कथामा आधारित चलचित्र हो ।
इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथा ‘जार’को विषय बनाएका थिए । वैशाख २६ गतेदेखि प्रदर्शन हुने ‘जार’लाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको छायांकन सिक्किममा गरिएको छ । ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।