site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनिष झाको कटाक्ष– सरकार ढल्नु हुँदैन, नढलोस्

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् । आइतबार (वैशाख १४) प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैन भन्ने गरेको भन्दै गठबन्धन सरकार लामो जाओस् भनेर कटाक्ष गरे ।

“प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन ढल्दैन भनेको अभिव्यक्ति सुनिरहेका छौँ । प्रतिपक्षको बेन्चबाट भन्न चाहन्छौँ– यो सरकार ढल्नु हुँदैन । यो सरकार नढलोस्,” उनले भने, “यो सरकार, गठबन्धन अझै लामो जाओस् भनेर शुभकमना दिन चाहन्छु ।”

उनले सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गर्न सुझाव दिए । “यति महिनामा यो यो गर्‍यौँ भनेर परिणाम सुनाउनुभयो भने अझै राम्रो सुनिन्थ्यो होला, सरकार ढल्छ कि ढल्दैन भनेर,” उनले भने ।

गठनबन्धन कतिसम्म गिर्दो रहेछ भनेर देखिन पनि सरकार ढल्न नहुने उनको भनाइ थियो ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सातबुँदे सहमति सत्तासाझेदार दलले नै बिर्सिएको भन्दै के थियो भन्ने सम्झन पनि आग्रह गरे ।

सांसद झाले कांग्रेस–एमालेबीच सातबुँदे सहमति के थियो भन्ने आफूहरूले बुझिसकेको बताए । उनले सातबुँदे सहमतिबारे कटाक्ष गर्दै भने, “पहिलो बुँदा थियो, सहकारीको समस्या समाधान गर्ने नाममा नयाँ आएको दलको नेतालाई थुन्ने । दोस्रो, स्थानीय तहलाई सहजीकरण गर्ने नाममा बालेनहरूलाई अवरुद्ध गर्ने । तेस्रो, आफ्नो मान्छे नियुक्त गर्ने क्रममा काम गरिरहेको कुलमानहरूलाई लखेट्ने । चौथो, गठबन्धनले गभर्नरहरू नियुक्ति गर्दै गर्दा उसको दक्षता, क्षमताको आधारमा भन्दा पनि कुन कोटामा कुन बिचौलियाको घरबाट आएर कुन नामलाई नियुक्ति गर्ने ।”

यस्तै, संसद्लाई सक्रिय बनाउनुको साटो सकेसम्म कम समय सदन सञ्चालन गर्ने, विभिन्न पक्षलाई व्यवस्थाप्रति प्रहारका निम्ति यथेष्ट समय, शिक्षकलाई सडकमा आउने वातावरण बनाउने सहमति भएको भन्दै उनले कटाक्ष गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro