site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा पुनः बहाल गर्दै ट्रम्प प्रशासन 

काठमाडौं । अमेरिकन अध्यागमन तथा भन्सार एन्फोर्समेन्ट (आईसीई)ले केही अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा पुनः बहाल गरिरहेको एबीसी न्युजले जनाएको छ । 

यसअघि डोनाल्ड ट्रम्प प्रशासनले ती विद्यार्थीको रेकर्ड त्यहाँको गृहसुरक्षा विभागको डेटाबेसमा मेटाएको अदालतमा पेस गरिएको दस्तावेजहरूमा उल्लेख छ ।

संघीय अदालतमा पेस गरेको एउटा इमेलमा अमेरिकी महान्याधिवक्ता मार्क साउटरले यी विद्यार्थीको प्रतिनिधित्व गर्ने वकिल ब्र्याड बानियासलाई ‘विद्यार्थी र एक्सचेन्ज भिजिटर सूचना प्रणाली’मा उनीहरूको रेकर्ड पुनः बहाल गरिएका छन् । 

यो डाटाबेसलाई विश्वविद्यालय र सरकारी एजेन्सीहरूले विदेशी विद्यार्थीलाई आफ्नो भिसा सर्त पालना गरेको वा नगरेको पुष्टि गर्न प्रयोग गर्छन् । 

“अमेरिकी अध्यागमनले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा स्थितिको रेकर्ड समाप्त गर्ने नीतिको ढाँचा विकास गर्दै छ । उक्त नीति जारी नहुन्जेलसम्म यो मुद्दाका वादीहरूको रेकर्ड पुरानै अवस्थामा वा पुनः सक्रिय गरिनेछ” वकील बानियासले इमेलमा लेखेका छन् । 

विद्यार्थी र एक्सचेन्ज भिजिटर सूचना प्रणालीको रेकर्ड मेटाउनुको कारण बनेको अध्यागमनको नतिजामा मात्र आधारित भई अमेरिकी अपराध सूचना केन्द्रले उक्त रेकर्डमा परिवर्तन नगर्ने बानियासले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro