site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधन सुरु गर्न खड्काको माग

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनको प्रक्रिया छिटो सुरु गर्नुपर्ने बताएका छन् । कांग्रेस–एमालेबीच संविधान संशोधनबारे भएको सहमति कार्यान्वयन गर्न उनले जोड दिएका हुन् ।
 
बुधबार काठमाडौंमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै खड्काले संविधान संशोधनको काम अघि बढाउन ढिला भएको बताए । सहमतिका आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर संशोधनको आधार तयार बनाउनुपर्ने उनले सुझाए । 

त्यसैका आधारमा अन्य दलसँग छलफल गरेर सुझावका आधारमा संविधानलाई सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए । संविधानमा भएको अधिकारलाई घटाउने गरी नभई बढाउने गरी संशोधनको बहस हुनुपर्ने उनले बताए । 

खड्काले सरकारले आफ्नो कमीकमजोरी सच्चाउदै अघि बढ्नुपर्ने भन्दै दुई दलबीच भएको सहमति दायाँबायाँ नहुने स्पष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro