site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
वीर अस्पताल । फाइल तस्बिर ।

काठमाडौं । आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, वैशाखमा वीर अस्पतालले सर्जिकल (सघन उपचार कक्ष) आईसीयूको सेवा विस्तार गर्नेछ । साथै, वीरको आईसीयूमा नौ शय्या थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ ।

भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरु गर्दै छ । 

यस्तै, जलन वार्ड, सिमुलेसन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले पीआईसीयू तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्ने भएको छ ।

भेरी अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा वैशाख दोस्रो सातादेखि सुरु  गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ ।

नारायणी अस्पतालले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ ।

जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले हेमोडायलासिस सेवा वैशाख तेस्रो सातादेखि सञ्चालनमा ल्याउनेछ । 

धनगढीको गेटा अस्पतालले वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकैसाथ थाल्नेछ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए ।

उनले भने, “केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन् । स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीको नीतिअनुसार काम भइरहेको छ ।” रासस

adfsmg-1745225959.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro