site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नरमा चर्चाकै भरमा डा. गुणाकरविरुद्धको पूरक रिट फेरि ‘हेर्न नभ्याइने’मा
गुणाकर भट्ट । फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्ट समेतलाई विपक्षी बनाइएको रिट सोमबार (वैशाख ८) पनि ‘हेर्न नभ्याइने’मा परेको छ । कार्यकारी निर्देशक पदबाट राजीनामा दिएकै आधारमा उनलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराइएको थियो ।

गर्भनर नियुक्ति मापदण्ड संशोधन गर्दै सरकारले यसअघि ६५ वर्षे उमेर हद हटाएपछि अधिवक्ता विशाल थापासहितले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । सोही रिटसँगै शुक्रबार (वैशाख ५) दिइएको पूरक निवेदन राखिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा १३औँ नम्बरमा रिटको पेसी थियो । तर, ‘हेर्न नभ्याइने’ सूचीमा पर्‍यो ।

आइतबार (वैशाख ७) पनि यो रिट ‘हेर्न नभ्याइने’मा परेको थियो ।  आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासको ३७औँ नम्बरमा यो मुद्दा थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro