देश

काठमाडौं । काठमाडौंको मुख्य क्षेत्रमा आज (वैशाख ७) बिहानैदेखि सवारी आवागमन अस्तव्यस्त भएको छ ।
माइतीघर–बानेश्वर सडकखण्डमा शिक्षकले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरीले बताए ।
“शिक्षक आन्दोलनका कारण बानेश्वर–बबरमहल–माइतीघर सडकखण्ड बन्द गरिएको छ । खोला करिडोरतर्फ डाइभर्सन गरिएको छ,” उनले बाह्रखरीसित भने, “आज निषेधित क्षेत्रमा राप्रपाको पनि आन्दोलन भएकाले काठमाडौंका विभिन्न ठाउँबाट सवारी डाइभर्सन गर्नुपर्ने हुनसक्छ ।”
बिहान ९ बजेदेखि शिक्षकको प्रदर्शन जारी छ । मध्याह्न १२ बजेपछि राप्रपाको प्रदर्शन सुरु हुनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ १०:३२
प्रतिक्रिया दिनुहोस्