राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षकहरूको माग सम्बोधनका लागि सदनमा सशक्त आवाज उठाउन सांसदहरूलाई निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सांसदहरूलाई सदनको अधिवेशनमा सशक्त आवाज उठाउन निर्देशन दिएको हो ।
कार्यवाहक प्रवक्ता मनीष झाले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसिरहेको केन्द्रीय समिति बैठकले, लामो समयदेखि चाँडै शिक्षा विधेयक ल्याइयोस् भनेर आन्दोलनमा र विगत १५ गतेदेखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको लागि वैशाख १२ देखि सुरु हुने संघीय सदनको अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको छ ।”
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ १८:०३
प्रतिक्रिया दिनुहोस्