site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई एमालेको प्रश्न– तीनकुने घटनाको जिम्मेवारी लिनुपर्दैन ?

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तीनकुने घटनाको जिम्मेवारी नलिएर पूर्वराजा शाह पन्छिएको बताए ।

"उहाँले फागुन ७ गते, म अगाडि बढेँ, साथ दिनुहोस् भनिसकेपछि उहाँले नै तोकेका कमान्डरको नेतृत्वमा यी सबै कुरा भएका छन् । उहाँ जवाफदेही हुनुपर्छ नि त । तर, उहाँ जवाफदेही हुन पन्छिनुभयो," ज्ञवालीले भने ।

चैत १५ गते भएको तीनकुनेको हिंसात्मक प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रदर्शनका कमान्डर तोकिएका दुर्गा प्रसाईंसहितलाई पक्राउ गररेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro