site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बार मतगणना अपडेट : अध्यक्षमा मिश्र दोब्बर मतले अगाडि, कसको मत कति ?

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ । अध्यक्षका उमेदवार प्रा.डा. विजयकुमार मिश्रले मतान्तर बढाउँदै दोब्बर बनाएका छन् । मंगलबार राति ९ः२० बजेसम्मको गणनाअनुसार, मिश्रले दुई हजार ८८२ मत ल्याउँदा अध्यक्षका अर्का उमेदवार रमनकुमार श्रेष्ठले एक हजार ४२५ मत पाएका छन् ।

अध्यक्षका अरु उमेदवारहरू राजु कैतीको ३६, उज्वल घिमिरेको १२ र आशिष पौडेलको २६ मत छ ।

उपाध्यक्षतर्फ कोसी प्रदेशमा पदमप्रसाद लिम्बूले तीन हजार ५६ मत ल्याउँदा प्रत्यासी कर्णबहादुर राईले एक हजार ११२ मत पाएका छन् ।

मधेस प्रदेश उपाध्यक्षमा अजयशंकर झाले तीन हजार ५२ मत ल्याउँदा प्रत्यासी प्रमोद प्रसादले एक हजार ९७ मत पाएका छन् । वाग्मती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावलले दुई हजार ९७२ मत ल्याउँदा प्रत्यासी डकेन्द्रप्रसाद सुवेदीले एक हजार २२९ मत पाएका छन् ।

गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनालले दुई हजार ८८८ मत ल्याउँदा सुकेदेव गौतमले एक हजार २७८ मत पाएका छन् ।

यस्तै, लुम्बिनी प्रदेश उपाध्यक्ष उमेदवार कृष्णप्रसाद पोख्रेलले तीन हजार १२ मत ल्याउँदा प्रत्यासी तीर्थराज ज्ञवालीले एक हजार १४१ मत पाएका छन् । कर्णाली प्रदेश उपाध्यक्षमा विवसकुमार बस्नेतले तीन हजार ३ मत ल्याउँदा धर्मराज न्यौपानेले एक हजार १३३ मत पाएका छन् ।

सुदूरपश्चिम उपाध्यक्षमा सिद्धराज ओझाले तीन हजार १७ मत पाउँदा पदमराज शर्माले एक हजार ११२ मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले दुई हजार ७४६ मत ल्याउँदा दिना श्रेष्ठले एक हजार ४०८ मत पाएकी छन् ।

महासचिवका उमेदवार केदारप्रसाद कोइरालाले दुई हजार ८६० मत ल्याउँदा महासचिवका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले एक हजार २३८ मत पाएका छन् । अर्का उमेदवार हरिशरण कार्कीले १०० मत पाएका छन् ।

कोषाध्यक्ष उमेदवार जगतबहादुर कार्कीले दुई हजार ९८९ मत पाएका छन् । प्रत्यासी दिपक राईले ९९९ मत ल्याएका छन् । कोषाध्यक्षका अर्का उमेदवार विष्णुप्रसाद सापकोटाले १६२ मत पाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro