site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमानबारे माओवादी– विषय अदालत पुगिसक्यो, परिस्थिति परिवर्तन भइसक्यो 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संसद् बैठक नियमित सञ्चालनमा सहयोग गरेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङका विषयमा माओवादीले यसअघि संसद् बैठक अवरोध गरेको थियो ।

प्रतिपक्षको मागबमोजिम सोमबार (चैत १८) प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे जवाफ दिए । त्यसपछि दलीय आधारमा बोलेकी माओवादी केन्द्रकी सांसद रेखा शर्माले घिसिङको विषय अदालत पुगिसकेको र राजनीतिक परिस्थिति पनि परिवर्तन भएकाले संसद् अवरोध जारी नराख्ने बताइन् ।

“अब यो विषय अदालतमा गइसकेको छ । राजनीतिक परिस्थिति परिवर्तन भइसकेको छ,” उनले भनिन्, “यसकारण हामीले गरेको सदनको अवरोध जारी छैन । यसको मतलब हामी सुशासनका पक्षमा उभिदैनौँ भन्ने होइन ।”

उनले उक्त विषय अदालत पुग्नुअघि नै आफूहरूले प्रधानमन्त्रीको जवाफ मागेको तर सत्तापक्ष संवेदनशील नभएको आरोप लगाइन् । “प्रधानमन्त्रीले एउटा कर्मचारीलाई हटाएको विषय संसद्को चासोको विषय होइन भन्ने कुरामा म असहमति दर्ज गराउन चाहन्छु । यो सुशासनका विषयमा उठेको प्रश्न हो, एउटा कर्मचारीको विषय होइन,” उनले भनिन् ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro