site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने घटनाका 'सूत्रधार' पूर्वराजा ज्ञानेन्द्र हुन्, कारबाही हुनुपर्छ : कृष्ण पहाडी

काठमाडौं । शान्ति समाजका संस्थापक सभापति तथा नागरिक अभियन्ता कृष्ण पहाडीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न माग गरेका छन् । पूर्वराजावादीको मोर्चाले काठमाडौंमा मच्चाएको 'लुटपाट, तोडफोड र आगजनीजस्ता नियोजित आपराधिक कृत्यका सूत्रधार' पूर्वराजा शाह भएको उनको भनाइ छ ।

‘‘पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही नभए अराजकता र हिंसाले बढावा पाउनेछ,’’ समाजले आज आयोजित एक कार्यक्रममा पहाडीले भने ।

उनले राजतन्त्र पुनर्स्थापनाको माग गर्नेहरू सभ्यता र स्वतन्त्रता विरोधी भएकोसमेत बताए । नागरिक सर्वोच्चता र स्वतन्त्रता नै लोकतन्त्रको प्राण भएको उनको भनाइ छ । उनले नेपालमा अब राजतन्त्र पुनर्स्थापना असम्भव रहेको बताए ।

प्रमुख राजनीतिक दलका नेताहरूप्रतिको वितृष्णालाई लोकतन्त्रविरोधी पूर्वराजावादीले भजाउन खोजेको पहाडी बताउँछन् ।

‘‘प्रमुख दलहरूको कमजोरीकै कारण युवा पुस्ता निराश हुँदै गएका छन् । संविधान लागु भएको एक दशक बित्न लागेको सन्दर्भमा यसका कमी–कमजोरीबारे पुनरवलोकन स्वाभाविक प्रक्रिया हो,’’ उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro