site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सिकन्दर’को एचडी कपी पाइरेसी, निर्माता मारमा

काठमाडौं । बलिउड अभिनेता सलमान खान मुख्य भूमिकामा रहेको चलचित्र ‘सिकन्दर’ पाइरेसीको सिकार भएको छ । रिलिजअगाडि चलचित्र पाइरेसी भएको हो ।

सुरुमै चलचित्र पाइरेसी हुँदा यसको मारमा निर्माता पर्ने बलिउड फिल्म समीक्षक कोमल नाहाटाले बताएका छन् । उनका अनुसार, ६०० भन्दा धेरै साइटबाट ‘सिकन्दर’ हटाइएको छ । तर पनि पाइरेसी भएको कपी लगातार फैलिइरहेको उनले बताएका छन् ।

बलिउडका अर्का समीक्षक सुमित कडेलले नियोजित तरिकाले ‘सिकन्दर’ पाइरेसी गरिएको बताएका छन् । “ठूलो फिल्म रिलिज हुनुभन्दा अगाडि एचडी प्रिन्ट चुहावट हुनु एकदमै गम्भीर मुद्दा हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अचम्मको कुरा के भने, यो डिजिटल सेवाप्रदायक सर्भरका उद्योगभित्रका व्यक्तिहरूले गरेको हुनुपर्छ । त्यसैले यो एक सुनियोजित षड्यन्त्रजस्तो देखिन्छ ।”

उनले यसलाई अस्वाभाविक भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् । “चाहे उनीहरूले जतिसुकै लुकाउन खोजून्, फिल्म उद्योगले तुरुन्तै कारबाही गर्नुपर्छ,” उनले लेखेका छन्, “यदि, यो एउटा फिल्ममा हुनसक्छ भने, यो कुनै पनि फिल्ममा हुनसक्छ । यो साँच्चै खतरनाक छ ।”

यस्तो प्रवृत्तिबाट सिनेमा उद्योगलाई बचाउन आवश्यक रहेकामा उनले जोड दिएका छन् ।

एआर मुरुगादास निर्देशित ‘सिकन्दर’मा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ । यो चलचित्रमा सलमान र रश्मिकाबाहेक काजल अग्रवाल, सत्यराज, सुनील शेट्टी, शरमन जोशी, प्रतीक बब्बरको पनि अभिनय छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro