site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्रीले भने– दुर्गा प्रसाईंको खोजी जारी छ, छिट्टै पक्राउ गर्छौं
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्ने बताएका छन् । शुक्रबार राजावादीले गरेको ओन्दोलनको घटनास्थलमा अनुगमनपछि मन्त्री लेखकले भने, “दुर्गा प्रसाईंको खोजी जारी छ । उहाँ चाँडै पक्राउ पर्नुहुन्छ ।”

अनुसन्धान र छानबिनले के देखाउँछ त्यहीअनुसार कारबाही हुने उनले बताए । “यदि, यो देशमा लोकतन्त्र रहेन भने यसैगरी आक्रमण हुन्छ,” लेखकले भने । 

मन्त्री लेखकले शुक्रबार भएको घटनाबारे गम्भीरतापूर्वक छानबिन हुने बताए ।

प्रहरीले अहिलेसम्म दुर्गा प्रसाईंका गुरु पुस्कर खतिवडा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro