site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिङरोडभित्र गणतन्त्रवादी, बाहिर राजावादीको प्रदर्शनको तयारी : कस्तो छ सुरक्षा व्यवस्था ?

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको छ । शुक्रबार (चैत १४) राजावादी–गणतन्त्रवादीको आन्दोलनलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, शुक्रबार २५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ । “भोलि हुने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनेको छ । आवश्यकताअनुसार थप प्रहरी पनि परिचालन गरिनेछ,” उनले भने ।

उनका अनुसार, घुसपैठ हुन नदिन सादा पोसाकका प्रहरी समेत परिचालन गरिनेछ । राजावादीका तर्फबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं कमान्डर बनेका छन् ।

प्रशासनले राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप ठाउँ तोकेको छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको छ ।

भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

पूर्वराजाका समर्थकलाई रिङरोडबाहिर मात्रै जुलुस निकाल्न दिने र समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।

भोलि उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बन्ने ट्राफिकको अनुमान छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro