site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, राष्ट्रियसभा बैठक स्थगित 

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीकै जवाफ चाहिने भन्दै अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

बिहीबार मध्याह्न १२:१५ का लागि बोलाइएको बैठकमा नेकपा (एकीकृत समाजवादी)का बेदुराम भुसालले प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा सदनमा आएर जवाफ नदिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । सदनमा आएर जवाफ नदिइनु संविधानको उलंघन भएको समेत बताए ।

“...संसद्‌प्रति अनुत्तरदायी हुने, संसद्‌मा उठेको विषयलाई गम्भीरताका साथ नलिने, आएर जवाफ पनि नदिने व्यवहार प्रधानमन्त्रीले देखाउनुभएको छ । यो संविधानतः गलत छ । संविधानले संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ,” उनले भने ।

भुसालले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने पनि बताए ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक अघि बढाउनुपर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर, विपक्षी दलहरू उभिरहे ।

राष्ट्रियसभा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पनि सोही विषय राखे ।

विपक्षी दलको अवरोध कायमै रहेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको हो । बुधबार पनि सोही विषयमा सदन अवरुद्ध भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro