राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि सांकेतिक विरोध गरेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो । निर्णयपछि सामाजिक सञ्जाल फेसबुकमा लाइभ बस्दै बत्ती निभाएर मैनबत्ती बालेर केही नबोली लाइभ बन्द गरेका छन् ।
उनले "कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्" भन्दै पोष्ट पनि गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ २३:३१
प्रतिक्रिया दिनुहोस्