site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘संविधानविरुद्धका कुनै गतिविधि सह्य हुँदैन’

काठमाडौं । संविधानसभा परिषद् नेपालले संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको छ । सोमबार (चैत ११) सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद् नेपालले संविधानको संरक्षण, सम्बद्र्धन र विकास गर्न प्रतिबद्ध रहने जनाएको छ ।

संविधानसभाबाट निर्मित संविधानको रक्षाका निम्ति सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवी एकजुट हुन आवश्यक रहेको संविधानसभा परिषद् नेपालले उल्लेख गरेको छ ।

यस्तै, भ्रष्टाचार नियन्त्रण, कानुनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरू जिम्मेवार बन्न जरुरी रहेको संस्थाको निष्कर्ष रहेको संविधानसभा परिषद् नेपालकी सहअध्यक्ष कल्पना धमलाले बताइन् ।

उनले जनताको अपेक्षाअनुसार सबै पक्षसँग बृहत् छलफल गरी संविधानमा रहेका कमी–कमजोरीलाई हटाई आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्ने धारणा राखिन् ।

पछिल्लो समय केही समूहद्वारा संविधानको भावनाविपरीत गतिविधि गरिरहेको भन्दै घोर भर्त्सना गरिएको उनले बताइन् । संवैधानिक व्यवस्थामाथिको हमलाविरुद्ध सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

संविधानसभा परिषद् नेपालका अध्यक्ष अनन्त पौडेलले संविधानमा देखिएका समस्या समाधान गर्ने व्यवस्था संविधानमा नै रहेको बताए । संविधानविपरीतको कुनै पनि गतिविधि स्वीकार्य नहुने उनले उल्लेख गरे । वर्तमान परिस्थितिप्रति दलहरू गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

संविधानसभा परिषद् नेपालले नेपाली जनताको अभिमतबाट स्थापित लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि अपिल गरेको छ ।

b1-1742806232.jpgb2-1742806245.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro