site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्लाइउड बोकेका ३४ वटा ट्रक १० दिनदेखि भारतले रोक्यो
फाइल तस्बिर ।

काठमाडौं । भारतले स्वीकृति नदिएपछि प्लाइउड बोकेका ३४ वटा ट्रक १० दिनदेखि रोकिएका छन् । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार, भारतको पोलेसीअनुसार जाँचपास नहुँदा ती ट्रकहरू मेची भन्सार पारि रोकिएका हुन् ।

“भारतको ब्युरो अफ इन्डियन स्टयान्डर्ड (बीआईएस)को स्टयान्डर्ड अनुसार नेपाली उद्योगीको सामान हुनुपर्ने भनिएको रहेछ । यही कुरा नमिलेर हाम्रो ३४ वटा गाडी पारि अड्किएको हो । १० दिन जति भयो जस्तो लाग्छ मलाई,” चुडालले भने, “निर्यातको अनुमति मिति फागुन २८ सम्मको थियो । हाम्रो भेन्डरको कुरा के हो भने, त्यो ब्युरोले नेपालमा आएर परीक्षण गर्नेरहेछ । त्यसको लागि हाम्रो पक्षबाट निश्चित शुल्क तिर्ने व्यवस्था छ ।”

यो भारतीय बजेटमै समेटिएको विषय भएकाले भारतीय पक्षलाई पैसा तिर्दा पनि जाँच नगरेको व्यवसायीहरूको भनाइ छ । “हाम्रा सबै इन्डस्ट्रिहरूले पैसा पनि तिरे त्योमध्ये आठ वटाले टेस्ट पनि गराए । आठ वटामध्ये दुईवटाले स्वीकृति पनि पाए । ६ वटाले टेस गराए तिनीहरूले के गराउने भन्ने स्वीकृति पाएको छैन,” चुडालले बाह्रखरीसित भने ।

 

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro