site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारको दुश्चक्रले जनता वाक्कदिक्क भए : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुश्चक्रले गर्दा जनता निराश रहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि विस्तारै थाक्दै, गल्दै गएको उनले उल्लेख गरे । “अहिले जे छ, पुराना – खासगरी कांग्रेस, एमाले र माओवादी र पहिचानवादी आन्दोलनमा आएका साथीहरूको नेतृत्व पनि जसरी विस्तारै थाक्दै, गल्दै, निष्क्रिय, गतिहीनजस्तो बनेको छ । त्यो एउटा पाटो हो,” उनले भने ।

उनले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको बताए ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता हुने जिकिर समेत गरे । संघीयतासम्बन्धी आवश्यक नियम, कानुन बेलैमा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको उनले बताए ।

“प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउँथ्यो । त्यो हुन नसक्नु एउटा कारण हो । अर्को, संघीयतामा गयौँ, तर संघीयतासम्बन्धी आवश्यक नियम, कानुन आदि बेलामा नबनाइदिँदा त्यसको ठिक ढंगले कार्यान्वयन भएको छैन,” उनले भने ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले हालको संघीयता अपूरो रहेको पनि बताए । “संघीयता फेरि पहिचान, अधिकारसहितको संघीयता भन्ने एक अर्थमा अपूरो पनि थियो,” उनले भने, “राज्यका अंगहरू ब्युरोकेसी, अड्डाअदालत, सुरक्षा अंगहरूको बेलैमा रूपान्तरण हुन नसक्दा भ्रष्टाचारको दुश्चक्र छ । त्यसले गर्दा जनता वाक्कदिक्क भएको हो ।” न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro