site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच दिनदेखि बेपत्ता युवा मृत फेला

तनहुँ । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । आबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन् । 

मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । 

एक्लेफाँटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए । सशस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro