site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा भन्छिन्– प्रणाली नै फेर्ने भारतको आशय देखिनँ

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएका छन् । भारतको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको आफूले पाएको बताइन् ।

अहिले नेपाल सरकारसँग भारतीय निकायहरू जोडिरहेको भन्दै उनले सरकार नै परिवर्तन गर्ने आशय नदेखेको बताइन् ।

"राजनीतिक विषयमा खासै कुराकानी भएन । तर, उहाँहरूको सपोर्ट चाहिँ डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने बुझिन्छ । अहिलेको सरकारसँग उहाँहरू एकदम इंगेज हुनुहुन्छ । अहिले नै सरकार वा सिस्टम फेरिने आशय मैले देखिनँ," उनले भनिन् ।

परराष्ट्रमन्त्री राणाले भारतमा रहँदा भारतलगायत अन्यदेशका विदेशमन्त्रीहरूसँग द्विपक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको जानकारी दिइन् ।

नेपाल र भारतका संयन्त्रहरूलाई पनि थप क्रियाशील बनाउने र द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने विषयमा समेत छलफल भएको उनको भनाइ छ ।

उनले नेपालमा देखिएको विद्युत् अभावको समाधानका लागि पनि कूटनीतिक प्रयास गरेको र नेपालमा आपूर्ति हुने विद्युत्‌को परिमाणमा वृद्धि गर्न अनुरोध गरेको धारणा राखिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro