site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशलाई आत्मनिर्भर बनाउन व्यवसायीसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरे । 

उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तयार रहेकोे बताए । 

प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको अवस्था निकै राम्रो नभए पनि राम्रोतर्फ उन्मुख रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले विभिन्न उत्पादनमा आयात कम गरेर स्वदेशमा नै आत्मनिर्भर हुने र निर्यात समेत गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्व भए सहजरूपमा उद्योगहरू सञ्चालन हुनसक्ने बताए । 

ढकालले सिमेन्ट र लोडसेडिङका विषयमा सरकारले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

उनले कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

नेपाल उद्योग तथा व्यवसायी महासंघको महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro