site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौकाबापतको शैक्षिक सामग्रीको वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूमा हानिएका प्रत्येक चौकाबापत विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुसार शैक्षिक सामग्रीहरूको वितरण सुरु गरेको छ । यसै कार्यक्रमअन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तिन विद्यालयमा ४४६ वटा शैक्षिक सामग्रीहरू वितरण गरिएको छ ।

क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गत मंसिरमा गरेको थियो । यसले विद्यार्थीहरूमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने उद्देश्य राखेको छ ।

मंगलबार एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विषाखालक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका–१० का राष्ट्रिय माध्यामिक विद्यालय र मदरसा वहरुलउलूमका २६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । त्यसैगरी मंगलबार नै एनसेलका चीफअफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ती सोनारी गाँउपालिका–४ मा रहेको श्री बालक शान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन् ।

Ncell_12-1742394087.jpg
“आफ्नो प्रतिबद्धताबमोजिम प्राथमिक तहका विद्यार्थीहरूलाई एनसेल फाउन्डेसनमार्फत आवश्यक पर्ने शैक्षिक सामग्रीको सहयोग प्रदान गर्न पाउँदा खुसी छौँ । गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो । यो पहलले विद्यार्थीहरूलाई शिक्षामा मद्दत गर्ने विश्वास मैले लिएको छु र साथै यसले शैक्षिक स्रोतको अभावकम गर्न सहयोग गर्दछ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।

विद्यार्थीहरूले प्राप्त गरेका प्रत्येक शैक्षिक सामग्रीमा स्कुलब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश छन् । “यो एक उत्कृष्ट पहल हो, जसमा शिक्षालाई क्रिकेटसँग जोड्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सहयोग पुर्‍याउँछ । कपिलवस्तुमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बच्चाहरूसँग समय बिताउँदै र उनीहरूसँग खुसी बाँड्दै सहभागी हुन पाउँदा म अत्यन्तै खुसी छु,” क्यानका सचिव पारस खड्काले भने ।

Ncell_11-1742394086.jpg
यस पहलअन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौकाबापत कुल २६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्नेछ । कपिलवस्तुका दुई विद्यालयहरूले एनसेल फाउन्डेसनको फेसबुक पेजबाट यस पहलकाबारे थाहा पाएपछि एनसेल फाउन्डेसनसँग सहयोगको लागि अनुरोध गरेका थिए, भने श्री बालक शान्ति विद्यालयले एनसेलको नेपालगञ्ज कार्यालयमार्फत सहयोगको लागि अनुरोध गरेको थियो ।

“हामी यस पहलप्रति प्राप्त व्यापक उत्साहजनक प्रतिक्रियाबाट उत्साहित छौँ । शैक्षिक सामग्री वितरणको कामलाई निरन्तरता दिँदै क्यान जस्ता सम्बन्धित साझेदारहरूसँगको सहकार्यमा देशका अन्य भागका विद्यार्थीहरूलाई पनि शैक्षिक सामग्री उपलब्ध गराउने छौँ,” एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विषाखालक्ष्मी खड्काले भनिन् ।

Ncell_2-1742394086.jpg
एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो । एनसेल फाउन्डेसन महत्त्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ ।

Ncell_1-1742394085.jpg
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro