site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्ड भन्छन्– ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण हुन्छ, भिलेन चाहिन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनाका निम्ति पूर्वराजा ज्ञानेन्द्र शाहले ‘भिलेन’का रूपमा सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार (चैत ५) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफूहरूले गणतन्त्रका निम्ति आधार तयार पारेको र तत्कालीन राजा शाहले भिलेनका रूपमा भूमिका उनले उल्लेख गरे । उनले पूर्वराजा शाहले मूर्खतापूर्वक पनि आफूहरूलाई सहयोग गरेको उनको भनाइ थियो ।

“गणतन्त्रको निम्ति आधार तयार हामीले पार्‍यौँ । र, ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो,” प्रचण्डले भने, “उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष... ।”

सात राजनीतिक दलमाथि दमन नगरेको भए थप केही वर्ष राजतन्त्र टिक्ने अवस्था त्यतिखेर रहेको उनले बताए । “उनले (पूर्वराजा ज्ञानेन्द्र) सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छौँ भन्दा लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे,” उनले भने, “भिलेनको रूपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्त्वपूर्ण छ ।”

नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउन, सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढ्न नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पारेको उनले टिप्पणी गरे ।

फेरि राजतन्त्र पुनर्स्थापनाको कलाविहीन नाटक प्रदर्शन गरिएको उनले बताए । “फेरि पनि ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ,” उनले भने, “कथा, साहित्य, उपन्यास हिरोले मात्रै चल्दैन, भिलेन पनि चाहिन्छ । भिलेन सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ । भिलेन अलि खतरनाक भएर आयो भने तागतका साथ काम गर्दछ ।”

अध्यक्ष प्रचण्डले हाल संविधान संशोधन नभई समीक्षाको जरुरी रहेको धारणा व्यक्त गरे । उनले संविधानको समीक्षा गरेर मात्र संशोधन गर्न आवश्यक रहेकामा जोड दिए ।

“...सबै शक्तिहरू एक ठाउँमा आएर समीक्षात्मक बहस सुरु गरेपछि मात्रै संशोधनले सही आकार लिन सक्छ । यसको निम्ति म सबैलाई आग्रह गर्दछु,” उनले भने । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro