site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनाव कतिपटक लड्न पाउने भन्ने विषयमा बहस गरौँ : सांसद ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानुनी व्यवस्था गर्नु गलत भएको बताएका छन् । सोमबार (चैत ४) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी ‘सिन्डिकेट’ गर्नु संविधानको भावनाविपरीत हुने उनले उल्लेख गरे । “लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानुनी व्यवस्था गरिँदै छ भने त्यो गलत छ । कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत छ,” उनले भने, “यसरी परीक्षाबाट नै वञ्चित गर्नु नेपाली युवाहरूलाई अझ बढी खाडी र मलेसियारतिर धकेल्नु हो ।”

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा एकजनाले कतिपटकसम्म लोकसेवा परीक्षा दिन पाउने भन्ने सीमा तोक्न लागिएको छ ।

उनले लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्ने माग गरे । बरु, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कतिपटक हुन पाउने भन्ने विषयमा बहस गर्न जरुरी रहेकामा उनले जोड दिए । “राजनीतिक नियुक्ति कतिपटक खान पाउने, चुनाव कतिपटक लड्न पाउने र राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री कतिपटक हुन पाउने विषयमा बहस गरौँ,” उनले भने । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro