site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनकपुरमा हत्या गरिएका यादवको शव सडकमै राखेर प्रदर्शन
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । होली खेल्ने क्रममा भएको विवादका क्रममा हत्या गरिएका युवाका आफन्त प्रदर्शनमा उत्रिएका छन् । आफन्तले प्रदर्शन गर्न थालेपछि जनकपुरको जलेश्वर सडकखण्ड समेत अवरुद्ध भएको छ ।

आफन्तले जनकपुरको जलेश्वर सडकखण्डमा मृतक १८ वर्षीय आशु यादवको शव राखेर प्रदर्शन गरेका हुन् । उनीहरूले घटनामा संलग्नहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।

शनिबार साँझ होली खेल्ने क्रममा विवाद हुँदा जलेश्वरकै २१ वर्षीय धर्मेन्द्र महतोले यादवमाथि छुरा प्रहार गरेका थिए । प्रहरीले धर्मेन्द्रलाई पक्राउ गरिसकेको छ ।

तर, पीडितका आफन्तले महतोबाहेक अन्य पनि संलग्न रहेको भन्दै कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

 

 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro