site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चाको कार्यक्रम राजावादीको प्रदर्शनको जवाफ होइन : प्रचण्ड
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई आफू सरकारमा जाने टेकोका रूपमा निर्माण नगरिएको बताएका छन् । शनिबार (चैत २) ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

“समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्ने कुरा बिल्कुलै गलत हो,” उनले भने, “हामीले समाजवादी मोर्चा सोचे, सम्झेर बनाएको हो ।”

उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीको प्रदर्शनपछि मात्र सक्रिय बनाइएको भन्ने कुरा पनि गलत भएको जिकिर गरे । यसअघि पनि आफूहरूले विभिन्न कार्यक्रम गरेको उनले बताए । “समाजवादी मोर्चा २५ गतेको कार्यक्रमपछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेका होइन,” उनले भने ।

समाजवादी मोर्चामा चार पार्टी नै रहेको उनले जानकारी दिए । “पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अदालतमा मुद्दा परेकाले अहिले हुनु हुन्न । अहिले महेन्द्र राय यादव हुनुहुन्छ,” उनले भने, “हामी चार पार्टी नै रहेका छौँ ।” यो प्रचण्डको लागि भन्ने जो पर्न गएको छ, त्यो गलत पर्न गएको छ ।”

संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरले एकपटक आत्मसमीक्षा गर्न आवश्यक रहेको उनले औँल्याए । सोही उद्देश्य लिएर आफूहरू जनतासँग जोडिएको उनको भनाइ थियो ।

उनले विगतका त्रुटि सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । समाजवादी मोर्चाको कार्यक्रम राजावादीको प्रदर्शनको जवाफ र कम्पनको कुरा नभएको बताए ।

“...केके त्रुटि विगतमा भए भन्नुपर्ने हुन्छ, अघि कसरी जाने भन्ने कुरा जनतालाई भन्नका लागि राखिएको कार्यक्रम हो,” उनले भने, “यो कुनै रियाक्सन पनि होइन । सानो कम्पन र ठूला कम्पनको कुरा पनि होइन ।”

गणतन्त्र पक्षधरसँग छलफल भइरहेको तर सरकारले विपक्षी दलहरूलाई अघि बढ्न र साथ दिने कुरा नगरेको उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro