site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजाको वक्तव्यको स्वागत गरेका बास्तोलालाई मन्त्रालयले जिम्मेवारीबाट हटायो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई जिम्मेवारीबाट हटाएको छ । 

बास्तोलाले पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र दिवसका दिन दिएको शुभकामना सन्देशको स्वागत गर्दै ऐक्यबद्धता जनाएका थिए । पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गर्दै उनको वक्तव्यको स्वागत गरेपछि मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

उनले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको भन्दै मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको हो । 

पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम फागुन २६ को मन्त्रीस्तरीय निर्णयबाट बास्तोलालाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयकका सहायक प्रवक्ता एवं सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro