site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको प्रश्न : निजी विद्यालयलाई गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो ? 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताएका छन् । 

सोमबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरे । 

Argakhachi Cement Island Ad

मुलुकलाई समृद्ध बनाउनका लागि साक्षरता दर बढाउनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने दायित्व लिने र यसमा निजी क्षेत्रको पनि साथ लिने स्पष्ट गरे । 

प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिंगै समाजलाई अशोभनीय बनाउने काम भइरहेको बताए । उनले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने जिकिर गरे । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्