site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराजालाई ओलीले भने– आउनुस्, ०८४ को निर्वाचनमा स्वागत छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०८४ को निर्वाचन लड्न चुनौती दिएका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रतर्फ संकेत गर्दै लोकप्रिय छु भन्ने लागे ०८४ को निर्वाचन पर्खन आग्रह गरेका हुन् ।

उनले अराजकता मच्चाएको भरमा सत्ता कब्जा गर्ने भन्दै कुन प्रणाली ल्याउन खोजेको भनि प्रश्न पनि गरे । “बहुमत मान्दिनँ, जनताले छानेका प्रतिनिधि मान्दिनँ, जनताले छानेको प्रतिनिधिको शासन मान्दिनँ कानुनले, संविधानले भनेको मान्दिनँ,” उनले भने, “यो कस्तो शासन ल्याउन खोज्या ?”

Argakhachi Cement Island Ad

ओलीले चुनावमा स्वागत गर्न आफूहरू तयार रहेको पनि बताए । “केही साथीहरू सडकमा कराइराखेको देखेको छु, कस्तो शासन ल्याउन खोजेको ? लोकप्रिय छु भन्ने कसैलाई लाग्छ भने ०८४ पर्खनुस् न !,” ओलीले भने, “आउनुस्, स्वागत छ चुनावमा ।”

उनले ०८४ को निर्वाचनसम्म कांग्रेस र एमालेको सहमति नटुट्ने दाबी गरे । उनले देशको प्रणाली, देशै बचाउनका लागि कांग्रेस– एमाले मिलेर सरकार बनाएको सुनाए । उनले समाज अराजकतातिर गएको उल्लेख गर्दै भने, “हरेक मान्छे राजा हुँ कि जस्तो गर्छ । संविधान मान्न नपर्ने कुरा गर्छ ।”

असभ्यता नेपालीको संस्कार नभएको उनको भनाइ छ । राष्ट्रिय एकतामा भाँझो हाल्न विभिन्न शक्ति लागेको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्