site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वित्तीय शोषणविरुद्ध नौ संगठनले संयुक्त संघर्ष गर्ने 

काठमाडौं । वित्तीय शोषणविरुद्ध विभिन्न नौवटा संगठनले संयुक्त रूपमा संघर्षको घोषणा गरेका छन् । 

बिहीबार काठमाडौंमा पीडितहरूले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तीय शोषण गर्ने संस्थाहरूलाई कारबाही पनि नगर्ने र पीडितलाई न्याय पनि नदिएको भन्दै आन्दोलन गर्ने जानकारी दिए । 

विभिन्न पीडित संगठनको संयुक्त आन्दोलन अबको समयमा निर्णायक बन्ने उनको भनाइ छ ।

त्यस्तै, लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरू न्यायका लागि निरन्तर संघर्षमा रहँदा पनि सरकारले नसुनेको र उल्टै पीडितलाई नै दमन गर्न थालेको बताए । 

वित्तीय पीडतको आन्दोलनलाई साथ दिने प्रतिबद्धता जाहेर गर्दै पूर्वआईजीपी सर्वेन्द्र खनालले सबै किसिमका वित्तीय पीडितहरू एक ठाउँमा आउन आग्रह गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro