site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा ऊर्जामन्त्री खड्काको प्रश्न– कुलमानले जे भने त्यो मानिदिनुपर्ने हो ?

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चाहे जसरी सरकार अघि बढ्न नसक्ने बताएका छन् । बुधबार सभामुखले जवाफ दिन रुलिङ गरेपछि बिहीबारको संसद्‌ बैठकमा मन्त्री खड्काले घिसिङले चाहे जसरी सरकार अघि बढ्न नसक्ने बताएका हुन् ।

“आयोजनाका ठेकेदारहरूले रकम पाएका छैनन् । नाफा हो कि होइन भन्ने मानेर जनतालाई ३०० रुपैयाँमा सेयर बेच्दा के भन्लान् जनताले । कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने ?” उनले प्रश्न गरे ।

डेडिकेटेड तथा ट्रंकलाइनमा लाल आयोगले २२ अर्बको साटो ६ अर्बमात्रै उठाऊ भनेको र घिसिङले २२ अर्ब नै नाफा देखाएको खड्काको आरोप छ ।

“लाल आयोगले २२ अर्बको साटो ६ अर्ब भनेको छ । २२ अर्ब नाफा हो भनेर देखाइएको छ । २२ अर्ब उठाउन अरबिन्द कुमार मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिलाई कुनै प्रमाण दिइएको छैन,” उनले भने ।

यस्तै, यसअघि ऊर्जा मन्त्रालय सम्हालेका मन्त्रीहरूको पनि आफूले सहयोग नपाएको खड्काको गुनासो थियो ।

“प्रतिपक्ष दलका नेताहरूले यो मन्त्रालय सम्हालेका कारण उहाँहरूसँग सल्लाह गरेको हो । तर, उहाँहरूले सहयोगको साटो प्रश्न गर्नुभयो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro