site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

क्यानद्वारा बुधबार आयोजित एक कार्यक्रममा नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो । यही फागुन २४ गतेदेखि हुने उक्त श्रृंखलामा नेपालसहित युगाण्डा, हङकङ र नामिबिया सहभागी छन् ।

क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए । नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन् ।

त्यसैगरी नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए । नेपालले आफ्नो पहिलो खेल यही फागुन २४ गते नामिबियासँग खेल्नेछ ।

त्यसैगरी फागुन २५ गते युगाण्डासँग र फागुन २६ गते हङकङसँग खेल्नेछ । त्यस्तै, फागुन २८ गते नामिबियासँग, २९ गते  युगाण्डासँग र ३० गते हङकङसँग खेल्नेछ । यी सबै खेलहरू सकिएपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित रुविना क्षेत्री, पुजा महतो, अलिशाकुमारी यादव, सना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro