site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमान हटाए संघर्ष गर्ने संसद्‌मा चेतावनी, मन्त्रीलाई सभामुखको रुलिङ
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएकामा आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा ऊर्जा मन्त्रालयले शून्य अंक दिएको विषयमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले आपत्ति जनाएका हुन् ।

आज बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदहरू उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डलाई समय दिएका थिए । उनले घिसिङलाई शून्य अंक दिएकोबारे प्रश्न गरे ।

“शून्य अंक दिएको भनेको सुनेका छौँ, त्यो के हो ?,” उनले प्रश्न गरे ।

उनले 'घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेर सरकारले के भनेको हो ?' भनेर पनि सोधे ।

आकस्मिक समयमा रास्वपाका सांसद मनिष झाले पनि राम्रो काम गरेका घिसिङलाई हटाउन लागिएको भन्दै आक्रोश पोखे । “एउटा कुलमानलाई लखेट्यौ भने हामी हजारौँ कुलमान लिएर आउनेछौँ,” उनले भने ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि घिसिङलाई 'के गर्न खोजेको हो ?' भनेर प्रश्न गरे । “कुलमान घिसिङलाई कारबाहीमात्रै होइन कि शून्य नम्बर दिने रे ! उहाँहरूको बस चल्ने हो भने त पास हुनेलाई फेल फेल हुनेलाई पास यो कस्तो हो ?,” उनले भने ।

उनले घिसिङलाई हटाउने प्रपञ्च गरेको भन्दै हटाए सदन र सडकबाट आवाज उठाउने चेतावनी दिए ।  “घिसिङलाई हटाउन प्रपञ्च गरिँदै छ रे, मन्त्रिपरिषद्को निर्णय हुँदै छ भन्ने सुन्न आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो सदन र सडकबाट आवाज उठ्छ,” शाहीको चेतावनी छ ।

त्यसपछि सभामुख घिमिरेले उठेका विषयमा सभालाई जानकारी गराउन रुलिङ गरे । “उठेका विषयमा सभालाई जानकारी गराउन म निर्देश गर्दछु,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro