site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीले ‘जनयुद्ध’ बेचेर खाइसक्यो : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (माओवादी केन्द्र)ले ‘जनयुद्ध’ बेचेर खाएको आरोप लगाएका छन् । सहिद यदुकुमार गौतमको २६औँ स्मृति दिवसका अवसरमा बुधबार (फागुन २१) राजधानीमा आयोजित एक कार्यक्रममा उनले माओवादी हिंसा भन्ने शब्दबाट किन भागेको ? भन्दै प्रश्न गरे ।

“माओवादी हिंसा भन्ने शब्दबाट किन भागिरहेको छ ? माओवादबाट किन भागिरहेको छ ? जनयुद्ध त बेचेर खाइसक्यो,” उनले भने ।

उनले माओवादी संकटमा भएर नाटक गरिरहेको बताए । “माओेवादको औचित्य समाप्त भयो । माओवादको ट्याग लगाइरहेको छ । जनयुद्ध ठिक भन्न सकेको छ आज ?,” उनले प्रश्न गरे ।

गाउँ रित्तो हुन ‘जनयुद्ध’कालबाट सुरु भएको उनले टिप्पणी गरे । “हामी आज गाउँ रित्तो भयो भन्छौँ, गाउँ रित्तो हुनुको प्रारम्भ जनयुद्धबाट सुरु भएको हो । सुरक्षाका लागि मानिस सहर पसे,” उनले भने ।

उनले राजतन्त्र ‘बुलेट’बाट नभएर ‘ब्यालेट’बाट पराजित भएको बताए । ‘जनयुद्ध’ गलत भएको उनको भनाइ थियो ।

नेकपा (एमाले)का उपमहासचिव समेत रहेका गुरुङले माओवादीलाई रुकुम, रोल्पाबाट पराजित नगरे देशमा अस्थिरता कायमै रहने पनि बताए ।

सामाजिक सञ्जालबाट धर्म, सांस्कृतिक सहअस्तित्व भड्काउन मानिस प्रयोग गरिएको उनले जिकिर गरे । त्यसलाई रोक्न आवश्यक रहेकामा उनले जोड दिए ।

कार्यक्रममा २३औँ यदुस्मृृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पुरस्कृत गरियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro