site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीहरू अवसरवादमा लिप्त हुँदा कानुन कार्यान्वयन प्रभावित : सञ्चारमन्त्री 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीहरू अवसरवादमा लिप्त हुँदा कानुन कार्यान्वयन प्रभावित भएको बताएका छन् । मंगलबार (फागुन २०) नेपाल दूरसञ्चार प्राधिकरणको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्रीपिच्छे आफूअनुकूलको नियमावली बनाउने रोग भएका कारण कानुन कार्यान्वयन प्रभावित भएको उनले उल्लेख गरे । कानुनलाई समयानुकूल परिवर्तन र प्रभावकारी कार्यान्वयनका निम्ति नियमावलीमा ‘खेल्ने’ प्रवृत्तिको अन्त्य गर्न जरुरीमा उनले जोड दिए ।

“...समयमै कानुन अपडेट गर्ने कुरामा हाम्रो ध्यान जाँदो रै’नछ । नीति अपडेट गर्ने कुरामा हामीले ध्यान दिँदैनौँ । अनि, हामी अवसरवादमा लिप्त छौँ,” उनले भने, “आफूअनुकूलको नियमावली बनाएर, नियमावलीको राज चलिरहेको छ मन्त्रालयमा । हामीले धेरैपटक मन्त्रिपरिषद्मा समेत छलफल गरेर नियमावली, विनिमावलीको राज गर्ने कुराको अन्त्य गर्नुपर्छ भनेर छलफल गरेका छौँ ।”

मन्त्री गुरुङले दूरसञ्चार प्राधिकरणको पुँजीगत खर्च न्युन रहेको बताए । उक्त खर्च बढाउन उनले निर्देशन दिए । उनले प्राधिकरणको प्रशासनिक कमजोरी धेरै भएका कारण समस्या निम्तिएको भन्दै सुधार गर्न सुझाव दिए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro