site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मायावी’ले राम्रो व्यापार नगरेपछि दर्शकले लभस्टोरी सिनेमा नबुझेको निर्देशकको आरोप 

काठमाडौं । चलचित्र निर्देशक दिवाकर भट्टराईले दर्शकले साथ नदिएको भन्दै अब लभस्टोरी सिनेमा बनाउन नसक्ने बताएका छन् । व्यावसायिक हिसाबले अब आफूले लभस्टोरी चलचित्र बनाउन नसक्ने उनले प्रष्ट पारेका छन् । 

दर्शकले पनि हलमा आएर चलचित्र नहेर्ने र सञ्चारमाध्यमले पनि साथ नदिएको भन्दै उनले आफू अब लभस्टोरी चलचित्र बनाउन सक्ने अवस्थामा नरहेको बताए । 

“मिडियाले पनि लभस्टोरी सिनेमालाई इन्करेज नगर्ने भएपछि मैले यो जानरामा किन सिनेमा बनाउने ?, उनको प्रश्न छ । गरिबी, पीडा र समाजको याथार्थ मात्रै विक्ने दिवाकरको भनाइ छ । 

“म डिस्कर भएको हुँ, अब मैले लभस्टोरी सिनेमामा वर्कआउट गर्नुहुँदैन,” उनी भन्छन्, “न मिडियाको साथ रहेछ, न बुझेको मान्छेले यो जानराको सिनेमा पनि हेर्नुपर्छ है भनेर पनि सोच्नुहुँदोरहेछ ।” 

चलचित्र उद्योग फस्टाउन यसमा धेरै जानराका सिनेमा बन्नुपर्नेमा उनको जोड छ । कुनै एक/दुई जानराका सिनेमा बनेर चलचित्र उद्योग नफस्टाउने उनको तर्क छ । 

सधैँ सोसल ड्रामा मात्रै बनाउँदा लभस्टोरी सिनेमा बनाउन आउने मेकर निराश भएर फर्किने दिवाकरको तर्क छ । 

“म आफैँले पनि लभस्टोरी जानराको मान्छे नै नरहेपछि त्यस्तो सिनेमा बनाउनु र स्कुलिङ गर्नु नै बेकार हुनेछ,” दिवाकर अगाडि थप्छन्, “अहिले कि हसाउ, कि रुवाउ भन्नेजस्तो भएको छ । फिलिङ्स, इमोसन प्रेमको कथा भन्न पहिला आफैँ प्रेमिल हनुपर्छ ।” 

लभस्टोरी सिनेमा बनाउन र मन पराउन व्यक्ति आफैँ पहिले प्रेमिल हुनुपर्ने र स्वच्छ मन भएको प्रेमिल व्यक्तिले मात्रै यस्तो चलचित्रमा आफूलाई रिलेट गर्ने उनको भनाइ छ । 

“तपाईंसँग त्यो क्षमता छैन र कुण्ठित विचार र मन लिएर सिनेमा हेर्न जानुहुन्छ भने त्यसमा आफूलाई पाउनुहुन्न,” उनले भने, “त्यस्तो अवस्थामा तपाईंले आफूलाई सिनेमाभित्र कहीँ पनि पाउनुहुन्न । हामी दर्शक, मेकर आफैँ एउटा विचारबाट ग्रसित छौँ । त्यस्तो विचारबाट ग्रसित भएर लभस्टोरी सिनेमा हेर्न सकिँदैन ।” 

लभस्टोरी सिनेमा हेर्न प्यासन चाहिने उनको भनाइ छ । आफूभित्र इमोसन बगाउन सकेमात्र रिलेट गर्न सकिने उनी बताउँछन् । लभस्टोरी सिनेमा हेर्ने दर्शक पाउन केही समय कुर्नुपर्ने दिवाकरको भनाइ छ । 

दिवाकरले घुमाउरो शैलीमा दर्शक र सञ्चारमाध्यमले लभस्टोरी सिनेमा नै नबुझेको आरोप लगाएका छन् । दुःख, पीडा र कमेडी मात्रै दर्शकले बुझेको उनले टिप्पणी गरेका छन् । 

गत बुधबारबाट रिलिज भएको चलचित्र ‘मायावी’लाई निर्देशक दिवाकरले निर्देशन गरेका छन् । कथा पनि उनी स्वयंको छ । 

व्यापारिक रूपमा निकै कमजोर रहेको यो चलचित्रमा पल शाह र दिपीका प्रसाईं मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro