site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पले रोके युक्रेनलाई सैन्य सहायता, यस्तो छ अमेरिकाको सहयोग

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायतामा रोक लगाएका छन् । ह्वाइट हाउसका एक अधिकारीले सीबीएस न्युजसँग यो विषय पुष्टि गरेका छन् ।

ती अधिकारीले भने, “हामी हाम्रो सहायता रोक्दै छौँ र यसले समस्या समाधान गर्न मद्दत गरिरहेको छ भनी सुनिश्चित गर्न समीक्षा गर्दै छौँ ।”

केही दिनअघि ह्वाइट हाउसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको चर्को बहसपछि अमेरिकाले यस्तो कदम चालेको हो ।

तीन वर्षअघि रुसले युद्ध सुरु गरेदेखि नै युक्रेनलाई हतियार उपलब्ध गराउने सबैभन्दा ठूलो देश अमेरिका थियो ।

ह्वाइट हाउसका एक अधिकारीले सीबीएसलाई भने, “राष्ट्रपतिले शान्तिमा आफ्नो ध्यान केन्द्रित गरेको स्पष्ट भएको छ । हामी हाम्रा सहयोगीहरू त्यो लक्ष्यमा प्रतिबद्ध भएको चाहन्छौँ ।”

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले यो सम्पूर्ण विषयमा एक विज्ञप्ति जारी गरेका छन् । उनले भनेका छन्, “राष्ट्रपति ट्रम्प हाल विश्वका एक मात्र यस्तो नेता हुन्, जोसँग युक्रेनमा युद्ध स्थायी रूपमा अन्त्य गर्ने मौका छ । हामी रुसलाई वार्ताको टेबुलमा ल्याउन चाहन्छौँ । हामी यहाँ शान्ति सम्भव छ कि छैन भनेर जान्न चाहन्छौँ ।”

यसअघि, सोमबार ट्रम्पले जेलेन्स्कीको विद्रोही मनोवृत्ति लामो समयसम्म सहन नसक्ने चेतावनी दिएका थिए । उनले युक्रेनी नेताले अमेरिकी समर्थनका निम्ति थप आभारी हुनुपर्ने पनि बताएका थिए ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, “रुससँग युद्धविराम सम्झौताबिना जेलेन्स्की लामो समयसम्म सत्तामा रहन सक्दैनन् ।”

यद्यपि, युक्रेनलाई सैन्य सहायता रोक्ने विषयमा ट्रम्पलाई प्रश्न सोध्दा उनले भनेका थिए, “हामीले यसबारे कुरा गरेका छैनौँ । हेरौँ, के हुन्छ ।”

तर, त्यसको केही बेरपछि नै युक्रेनलाई सैन्य सहायता रोक्ने विषय सार्वजनिक थियो ।

युक्रेनमा नपुगेका सबै सैन्य उपकरणमाथि रोक लगाइने ब्लुमबर्गले जनाएको छ । पोल्यान्डको डिपोमा राखिएका र युक्रेन पुग्ने बाटोमा रहेका ती सबै हतियारमाथि प्रतिबन्ध लगाइनेछ ।

न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार, यो प्रतिबन्ध तत्काल प्रभावबाट लागु भएको छ । र, यसले युक्रेनमा पठाइने लाखौँ डलरको हतियार प्रभावित हुनेछ ।

अर्कोतर्फ, सोमबार जेलेन्स्कीले आफूले ‘जतिसक्दो चाँडो’ युद्ध अन्त्य गर्न चाहेको बताएका छन् ।

युक्रेनले अमेरिकाबाट कति र कस्तो सहयोग पाउँछ ?
युक्रेन युद्धमा अमेरिकी सैन्य सहायता तीन प्रक्रियाबाट पुग्छ । पहिलो, राष्ट्रपतिबाट सिधै दिइने रकम । दोस्रो, विदेश मन्त्रालयको फरेन मिलिट्री फाइनान्सिङ (एएफएमएफ) मार्फत र तेस्रो, युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (यूएसएआई)मार्फत ।

यद्यपि, आजको घोषणाले यी सहायतालाई कसरी असर गर्छ र भविष्यमा के हुनसक्छ भन्ने हाल स्पष्ट छैन ।

अमेरिकी सरकारको एक प्रेस विज्ञप्तिअनुसार, सन् २०२५ जनवरी २० सम्म अर्थात् ट्रम्पले राष्ट्रपति पदको हपथ लिने दिनसम्म अमेरिकाले युक्रेनलाई करिब ६.९ अर्ब डलरबराबरको सैन्य सहायता दिएको छ ।

उक्त विज्ञप्तिअनुसार, अमेरिकाले २०२१ अगस्टदेखि २०२५ जनवरीसम्म ५५ पटक युक्रेनलाई राष्ट्रपतिका तर्फबाट सैन्य सहायताका रूपमा दिएको रकम प्रयोग गरेको छ । यो रकम करिब २७ अर्ब ६८८ बिलियन डलर छ ।

यस्तै, युक्रेनले एफएमएफमार्फत चार अर्ब ६५ करोड डलर सहयोग प्राप्त गरेको छ ।

अमेरिकाले युक्रेनलाई हालसम्म दिएको हतियारमा हक एयर डिफेन्स सर्भिसेस, ४० हाई मोबिलिटी रकेट सिस्टम (हिमार्स), दुई सय १५५ एमएम होविट्जर, सत्तरी १०५ एमएम होविट्जर, ३१ अरबाम ट्यांक, ४५ टी–७२बी ट्यांक, २० एमआई हेलिकोप्टर, दुई एन्टी सिप मिसाइल प्रमुख छन् ।

यीबाहेक अमेरिकाले युक्रेनलाई विद्युतीय उपकरण, चिकित्सा उपकरण, रासायनिक, जैविक, रेडियोलोजिकल, आणविक सुरक्षात्मक उपकरण, शीत सुरक्षा उपकरण, हतियारका स्पेयर पाट्र्स र अरू उपकरणसहित धेरै महत्त्वपूर्ण सहयोग प्रदान गरेको छ ।

गत वर्ष नोभेम्बरमा अमेरिकाले युक्रेनलाई रुसभित्र सीमित आक्रमणका निम्ति आर्मी टेक्टिकल मिसाइल प्रणाली प्रयोग गर्न अनुमति दिएको थियो । आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) अमेरिकी रक्षा कम्पनीद्वारा निर्मित एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो ।

युक्रेनलाई अमेरिकासहित ५० देशले सहयोग गरिरहेका छन् । बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro