site stats
बाह्रखरी :: Baahrakhari
कला
ओस्कर अवार्ड : जोई सल्दानालाई उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड

काठमाडौं । अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कर अवार्डमा जोई सल्दानाले उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् ।

यो जोई सल्दानाको पहिलो ओस्कर अवार्ड हो ।

‘एमिलिया पेरेज’मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन् । ओस्कर अवार्ड प्राप्त गरेपछि जोई सल्दानाको आँखा आँसुले भरिए र उनी रोइरहेको देखियो ।

उनले भनिन्, “म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ, मलाई थाहा छ म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन ।”

यस वर्ष आयोजना भइरहेको ९७ औं ओस्कार अवार्डमा फिल्म ‘अनोरा’ले उत्कृष्ट सम्पादनको अवार्ड जितेको छ । बीबीसी

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्