site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले मोरङको बन्दसत्रमा इतर समूहको नाराबाजी
Tiktok banner adTiktok banner ad

विराटनगर । नेकपा एमालेको मोरङ जिल्ला अधिवेशनको बन्दसत्रमा विवाद भएको छ । मनोनीत प्रतिनिधिको विषयमा विवाद भइ बन्दसत्र हलमा नाराबाजी भएको हो ।

पार्टीको संस्थापन पक्षले एकलौटी रूपमा ४६ जना प्रतिनिधि मनोनीत गरेको आइतबार भएको बन्दसत्रमा इतर समूहले नाराबाजी गरेको हो । मनोनयन प्रक्रिया नै खारेज गरिनुपर्ने इतर समूहको माग छ ।

बन्दसत्रमा अध्यक्षको प्रतिवेदन जिल्ला समितिले पास नगरेको र विराटनगर महानगर कमिटीका पूर्वअध्यक्ष सागर थापालाई कारबाही गरेको विषयमा पनि विवाद भएको बताइएको छ ।

विवादपछि जिल्ला अधिवेशनको कार्यतालिका प्रभावित भएको छ । निर्वाचन कार्यसूचीअनुसार आज साँझ नै मनोनयन प्रक्रिया अघि बढाउने तयारी थियो ।

जिल्ला नेतृत्वको लागि  संस्थापन र इतर समूहको प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।

संस्थापनबाट राजकुमार ओझा र इतरबाट अजम्बर राई अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिएको छ । अधिवेशनले १६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा ९१४ जना प्रतिनिधि छनोट भएका छन् ।‌

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro