प्रविधि

काठमाडौं । फेसबुक म्यासेन्जरको रङ फेरिएको छ । इन्स्टाग्रामसँग मिल्ने गुलाबी, बैजनी र निलो रंगको ग्रेडियन्ट रङबाट म्यासेन्जर निलो रङमा फर्किएको हो ।
सन् २०२० को अन्त्यतिर मेटाले म्यासेन्जरको डिजाइन परिवर्तन गर्दै गुलाबी, बैजनी र निलो रंग प्रयोग गरेको थियो ।
अहिले भने कम्पनीले म्यासेन्जरलाई पछिल्लो अपडेटमा आफ्नो पूरानै निलो रङसहित सार्वजनिक गरेको हो ।
मेटाका सबै प्लेटफर्मको डिजाइन वा ब्रान्ड कलरलाई समान देखाउने किसिमले कम्पनीले रङ फेरेको आंकलन छ ।
यो डिजाइन स्थायी हो वा नयाँ आउने कुनै डिजाइनको हिस्सा हो भन्ने स्पष्ट भने छैन । प्लेस्टोर वा एपस्टोरबाट अपडेट गरी म्यासेन्जरलाई नयाँ रङमा प्राप्त गर्नसकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ १५:५९
प्रतिक्रिया दिनुहोस्