site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं अझै ‘अस्वस्थकर’, साँझदेखि वायु प्रदूषण घट्ने
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं उपत्यकाको वायु शुक्रबार (फागुन १६) पनि ‘अस्वस्थकर’ छ । शुक्रबार दिउँसो १२ः३० बजे उपत्यकाका तीन स्थानको  वायुको गुाणस्तर अस्वस्थकरको तहमा छ ।

वातावरण विभागका अनुसार, उक्त समयमा ललितपुरको भैँसेपाटीको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सबैभन्दा उच्च १९० छ । काठमाडौंको शंखपार्क, ललितपुरको खुमलटार र भक्तपुरको एक्यूआई १५४ देखि १८६ सम्म छ ।

उपत्यकाबाहिर काभ्रेको धुलिखेलको एक्यूआई १५१ र चितवनको भरतपुरको १७९ छ । वायुको गुणस्तर मापदण्डका आधारमा यी ६ सहर ‘अस्वस्थकर’को सूचीमा छन् । यीबाहेक अरू सहरको एक्यूआई १५० भन्दा तल छ ।

शुक्रबारै साँझदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण कम हुने विभागको अनुमान छ । साँझ ६ बजेदखि पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा घटेर जाने र आइतबार दिउँसोसम्म २६ माइक्रोग्राम प्रतिघनमिटरमा झर्ने विभागको प्रक्षेपण छ ।

धुलिखेल, हेटौँडा, भरतपुरमा आइतबार दिउँसोसम्म यो मात्रा न्यून रहने विभागको अनुमान छ । आइतबार साँझदेखि फेरि वायु प्रदूषण बढ्ने सम्भावना छ ।  

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro