site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विकास निर्माणका काम कुनै पनि बहानामा रोक्न मिल्दैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् ।

बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोसी प्रदेशका सांसदहरूबीच भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Argakhachi Cement Island Ad

उनले विकास निर्माणका काम कुनै पनि बहानामा कसैले रोक्न नमिल्ने उल्लेख गरे । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए ।

उनले भने, "विकास निर्माणका कामहरू अवरुद्ध गर्न मिल्दैन जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका मागहरू के के छन् स्थानीयस्तरमा सम्बोधन हुनुप¥यो । स्थानीयलाई बाहिरका मान्छेले उचालेर उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ चाहे जोसुकै होस् । तर यस्को मतलब सरकारले जबरजस्ती पेलेर जाने नीतिमा जानु हुँदैन । समस्याको समाधान भनेको वार्ता नै हो । स्थानीय तहका जनप्रतिनिधिहरू सबैसँग छलफल गरेर एउटा निस्कर्षमा पुग्नु पर्दछ ।"

सांसद खतिवडाले केबलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभइ बाहिरका व्यक्तिहरूले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए । सबै पार्टीका नेताहरूलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्