site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकटकमा ‘मायावी’ पाइरेसी, साइबर ब्यूरो जाँदै निर्माता

काठमाडौं । चलचित्र ‘मायावी’ पाइरेसी छ । बुधबार रिलिज भएको ‘मायावी’ सोही दिनबाटै टिकटकमा पाइरेसी भएको छ । 

चलचित्रको महत्वपूर्ण दृश्य समेत टिकटकमा आएका छन् । जसले दर्शकको उत्सुकतालाई कम गराउनसक्छ ।

टिकटकमा चलचित्रको क्लाइमेक्स समेत खिचेर दर्शकले पोष्ट गरेपछि निर्माणपक्ष तनावमा छ ।

चलचित्रका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ ।

धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको यो चलचित्रमा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशील सिटौला, समिम खान, राजाराम पौडेललगायत कलाकारको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro