site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रिको अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।

उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्च पदस्थ अधिकारीले स्वागत गरेका थिए ।  

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखले पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro